खुला लिपिको कथा

नेपालीमा सहज, स्वाभाविक र नेपालकै आवश्यकताअनुसार लेख्न सकिने आफ्नै उपकरण बनाउने चाहनाबाट खुला लिपि सुरु भयो।

खुला लिपि विकास गर्दै गरेका निर्मातासँग डाँफे

किन आवश्यक भयो?

अनुवादको कामबाट जन्मिएको आवश्यकता

म १२ वर्षभन्दा लामो समयदेखि अनुवादको काम गर्दै आएको छु। नेपालीमा धेरै लेख्नु मेरो दैनिक कामकै हिस्सा हो। Google Input Tools मलाई निकै मन पर्थ्यो, तर त्यो पूर्ण थिएन। मैले प्रयोग गर्ने desktop संस्करण बन्द भएपछि यसको विकास अघि बढेन, र नेपालका ठाउँ, संस्था, ब्रान्ड, छोटकरी तथा स्वाभाविक नेपाली विकल्पजस्ता नेपाल-विशेष आवश्यकता पनि पर्याप्त रूपमा समेटिएका थिएनन्।

लामो समयको चाहना

घरमै बनेको विकल्प

नेपालीका लागि आफ्नै, घरमै बनेको विकल्प विकास गर्ने मेरो चाहना धेरै पहिलेदेखि थियो। तर कोडिङ सीप नभएकाले त्यसलाई व्यवहारमा उतार्न सकेको थिइनँ। पछि केही कोडिङ सिक्दै र AI-सहायित “vibe coding” उपकरणहरूको उपयोग गर्दै मैले खुला लिपि विकास गरेँ। यसमा नेपाली अर्थका विकल्प, छोटकरीको पूरा रूप र नेपाल-विशेष नामहरूको सही लेखाइजस्ता नयाँ सुविधाहरू पनि थपेको छु।

अझै विकास हुँदै

तपाईंको सुझावले अझ राम्रो बन्छ

खुला लिपि प्रयोग गर्नुहोस् र सुधारका सुझाव पठाउनुहोस्। सहकार्य गर्न चाहनुहुन्छ भने निःसङ्कोच सम्पर्क गर्नुहोस्। सबैले नेपालीमा सजिलै टाइप गर्न सकून् भनेर यसको खबर अरूलाई पनि सुनाइदिनुहोस्।

सुरथ गिरीको चित्र

निर्माताबारे

सुरथ गिरी

म वि.सं. २०७१ देखि अनुवाद तथा दोभाषे सेवामा संलग्न छु। म नेपालको प्रतिष्ठित अनुवाद तथा दोभाषे सेवा प्रदायक संस्था नेपाल ल्याङ्ग्वेज एन्ड रिसर्च सोलुसन्स (NLRS) ↗ को सह-संस्थापक पनि हुँ। मैले हालसम्म अङ्ग्रेजीबाट नेपाली तथा नेपालीबाट अङ्ग्रेजीमा सयौँ दस्तावेज अनुवाद गरेको छु भने २३० भन्दा बढी कार्यशाला तथा सम्मेलनमा दोभाषेका रूपमा काम गरेको छु। त्यसैगरी अर्थशास्त्रका दुईवटा अन्तर्राष्ट्रिय पुस्तक नेपालीमा अनुवाद पनि गरेको छु। म वि.सं. २०६५ देखि ब्लग लेख्दै आएको छु र आफ्नो ब्लगमा उद्यमशीलता, अर्थशास्त्र, स्वतन्त्रतावाद, चलचित्र र यात्राबारे लेख्छु।

खुला लिपिबारे तपाईंका सुझाव वा सहकार्यका कुनै विचार छन् भने सम्पर्क गर्नुहोला।

खुला लिपिको पहुँच

समुदायसँगै बढ्दै

यी समग्र गणना हुन्, फरक व्यक्तिको सङ्ख्या होइनन्। डाउनलोड बटनमा गरिएको क्लिकले स्थापना पूरा भएको जनाउँदैन। लेखनको गणना Write पृष्ठमा पहिलो पटक सम्पादन गर्दा हुन्छ; पृष्ठ फेरि खोलेर सम्पादन गर्दा फेरि गणना हुन सक्छ। अफलाइन वा मापन रोकिएको प्रयोग समेटिँदैन।

—कुल भ्रमणगणना जोडिँदै
—डाउनलोड बटन क्लिकगणना जोडिँदै
—लेखन सुरु गरिएको पटकगणना जोडिँदै
—प्राप्त समस्या र सुझावगणना जोडिँदै

तथ्याङ्क लोड हुँदै…

विश्वसनीयता र पारदर्शिता

सामग्री कसरी तयार र समीक्षा हुन्छ?

खुला लिपिका पाठ, उखान, टुक्का र गाउँ खाने कथाका स्रोत, समीक्षा अवस्था, सुधार प्रक्रिया र प्रविधिको भूमिकाबारे पढ्नुहोस्।

स्रोत र सम्पादकीय प्रक्रिया हेर्नुहोस्