किन आवश्यक भयो?
अनुवादको कामबाट जन्मिएको आवश्यकता
म १२ वर्षभन्दा लामो समयदेखि अनुवादको काम गर्दै आएको छु। नेपालीमा धेरै लेख्नु मेरो दैनिक कामकै हिस्सा हो। Google Input Tools मलाई निकै मन पर्थ्यो, तर त्यो पूर्ण थिएन। मैले प्रयोग गर्ने desktop संस्करण बन्द भएपछि यसको विकास अघि बढेन, र नेपालका ठाउँ, संस्था, ब्रान्ड, छोटकरी तथा स्वाभाविक नेपाली विकल्पजस्ता नेपाल-विशेष आवश्यकता पनि पर्याप्त रूपमा समेटिएका थिएनन्।
लामो समयको चाहना
घरमै बनेको विकल्प
नेपालीका लागि आफ्नै, घरमै बनेको विकल्प विकास गर्ने मेरो चाहना धेरै पहिलेदेखि थियो। तर कोडिङ सीप नभएकाले त्यसलाई व्यवहारमा उतार्न सकेको थिइनँ। पछि केही कोडिङ सिक्दै र AI-सहायित “vibe coding” उपकरणहरूको उपयोग गर्दै मैले खुला लिपि विकास गरेँ। यसमा नेपाली अर्थका विकल्प, छोटकरीको पूरा रूप र नेपाल-विशेष नामहरूको सही लेखाइजस्ता नयाँ सुविधाहरू पनि थपेको छु।
अझै विकास हुँदै
तपाईंको सुझावले अझ राम्रो बन्छ
खुला लिपि प्रयोग गर्नुहोस् र सुधारका सुझाव पठाउनुहोस्। सहकार्य गर्न चाहनुहुन्छ भने निःसङ्कोच सम्पर्क गर्नुहोस्। सबैले नेपालीमा सजिलै टाइप गर्न सकून् भनेर यसको खबर अरूलाई पनि सुनाइदिनुहोस्।