विश्वसनीयता र पारदर्शिता

स्रोत र सम्पादकीय प्रक्रिया

खुला लिपि निरन्तर सुधार भइरहेको नेपाली भाषा परियोजना हो। यहाँका सामग्रीलाई उपयोगी, स्पष्ट र यथासम्भव सही बनाउने प्रयास गरिएको छ।

स्रोतको प्रयोग

सिकाइ सामग्री तयार गर्दा प्रकाशित नेपाली हिज्जे तथा व्याकरण सामग्री, प्रयोगमा रहेका मानक रूप र उल्लेख गरिएका सन्दर्भलाई आधार बनाइएको छ। प्रत्यक्ष स्रोत प्रयोग गरिएको पाठमा सम्भव भएसम्म त्यसको लिङ्क वा नाम दिइएको छ।

लोकज्ञान सङ्ग्रह

उखान, टुक्का र गाउँ खाने कथा विभिन्न प्रकाशित सङ्ग्रह, पुराना अभिलेख र सम्पादकीय सङ्कलनबाट आएका छन्। हिज्जे, अर्थ, उदाहरण र नजिकको अङ्ग्रेजी अभिव्यक्ति छुट्टाछुट्टै जाँच गरिएको छ। अङ्ग्रेजी अभिव्यक्ति शब्दशः अनुवाद नभई अर्थमा नजिकको समानार्थी हुन सक्छ।

प्रविधिको भूमिका

कोड, सामग्री व्यवस्थापन, दोहोरिएका प्रविष्टि पत्ता लगाउने काम र प्रारम्भिक जाँचमा स्वचालित तथा AI-सहायित उपकरण प्रयोग भएको छ।

त्रुटि वा स्थानीय रूप भेट्नुभयो?

गलत हिज्जे, अपूर्ण अर्थ, अनुपयुक्त उदाहरण वा अर्को प्रचलित रूप भेट्नुभयो भने सम्पर्क गर्नुहोस्। प्रमाण वा स्रोतसमेत पठाउनुभयो भने समीक्षा गर्न अझ सजिलो हुन्छ।