नेपाली उखान

अमला खाएको र ठूलाबडाले भनेको पछि मीठो हुन्छ

अर्थ

अमला खाँदा सुरुमा टर्रो लागे पनि पछि मिठो भएझैँ अग्रजहरूको उपदेश सुरुमा कडा लागे पनि भविष्यमा कल्याणकारी हुन्छ।

प्रयोग

बाबुको उपदेश आज काम लाग्यो, अमला खाएको र ठूलाबडाले भनेको पछि मीठो हुन्छ भनेको साँचो रहेछ।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Good advice is bitter to the ear, but beneficial to the life.

यो प्रविष्टि