नेपाली उखान
आकाशलाई थुके आफ्नै मुखमा छिटा
अर्थ
महान्, निर्दोष वा प्रतिष्ठित व्यक्तित्वमाथि दोष लगाउन खोज्दा उल्टै आफ्नै बेइज्जत हुन्छ।
प्रयोग
सच्चा देशभक्तलाई गाली गर्नेहरूको आफ्नै साख गिर्छ, आकाशलाई थुके आफ्नै मुखमा छिटा पर्छ।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
Whoever spits against heaven, it falls in his face.
प्रचलित रूपहरू
यही अर्थमा सुनिने अन्य रूप
- आकाशमा थुके मुखमा छिटा
