नेपाली उखान
एक दिनको पाहुना मीठोमीठो खा, दुई दिनको पाहुना जसोतसो खा, तीन दिनको पाहुना जतासुकै जा
अर्थ
पाहुना धेरै दिनसम्म अरूको घरमा बस्दा सुरुको आदर र सत्कार घट्दै जान्छ र बोझ बन्न पुग्छ।
प्रयोग
पाहुना लागेर लामो समय बस्नुहुन्न, मर्यादा घट्न सक्छ।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
A constant guest is never welcome.
