नेपाली उखान
डुब्न लागेकालाई सिन्काको सहारा
अर्थ
चरम संकटमा फसेको मानिसले बाँच्न वा उम्कन सानोभन्दा सानो आशा वा सहयोगको पनि सहारा लिन खोज्नु।
प्रयोग
अन्तिम समयमा पाएको त्यो सानो ऋण उसको डुब्न लागेकालाई सिन्काको सहारा बन्न पुग्यो।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
A drowning man clutches at a straw.
