नेपाली उखान
घामलाई हत्केलाले छेक्न सकिँदैन
अर्थ
छर्लङ्ग भएको सत्य र महान् प्रतिभालाई कसैले पनि ढाकछोप गरेर लुकाउन सक्दैन।
प्रयोग
सत्य एकदिन अवश्य खुल्छ; 'घामलाई हत्केलाले छेक्न सकिँदैन'।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
Truth cannot be hidden under a bushel.
