नेपाली उखान
ईश्वर दाहिने भएपछि कसको के लाग्छ
अर्थ
सत्य, भाग्य र ईश्वरीय कृपा साथमा हुँदा कसैको षड्यन्त्रले पनि केही बिगार्न सक्दैन।
प्रयोग
जतिसुकै विरोधी लागे पनि उनले न्याय पाए; 'ईश्वर दाहिने भएपछि कसको के लाग्छ'।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
If God be for us, who can be against us?
