नेपाली उखान
गर्ने भन्ने हनुमान्, पगरी गुथ्ने ढेडु
अर्थ
काम र परिश्रम एउटाले गर्ने तर त्यसको जस वा सम्मान अर्कैले लिने।
प्रयोग
बाटो गाउँलेले बनाए तर सम्मान अध्यक्षले लिए—गर्ने भन्ने हनुमान्, पगरी गुथ्ने ढेडु।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
One does the work, another takes the credit.
