नेपाली टुक्का
घाँटीमा हाड अड्किनु
अर्थ
न अघि बढ्न न पछि हट्न सकिने अप्ठ्यारोमा पर्नु।
प्रयोग
प्रस्ताव स्वीकार्न पनि नसक्ने, अस्वीकार्न पनि नसक्ने भएर ऊ घाँटीमा हाड अड्किएझैँ भयो।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
To be caught between a rock and a hard place.
