नेपाली उखान
आई लाग्ने माथि जाई लाग्नुपर्छ
अर्थ
अनाहकमा कसैमाथि आक्रमण गर्नुहुन्न तर आफूमाथि अन्याय र आक्रमण भए सशक्त प्रतिकार गर्नुपर्छ।
प्रयोग
हामी शान्ति चाहन्छौँ तर राष्ट्रको अस्मितामाथि खतरा आए आई लाग्ने माथि जाई लाग्नुपर्छ।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
Fight back when provoked / Self-defense is a virtue.
