नेपाली उखान
आगो र शत्रुलाई सानो नदेख्नू
अर्थ
सानो आगोको झिल्को र सानो देखिएको शत्रु दुवैलाई बेवास्ता गरे भविष्यमा विनाशकारी बन्न सक्छन्।
प्रयोग
रोग र ऋणलाई जस्तै शत्रुलाई पनि सानो सम्झेर हेलचेक्र्याइँ गर्नुहुन्न।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
Never despise a petty enemy or a small fire.
