नेपाली उखान
धान खाने मुसो, चोट पाउने भ्यागुतो
अर्थ
अपराध वा बदमासी एउटाले गर्ने तर सजाय र मार निर्दोष अर्कैले भोग्नुपर्ने अन्याय।
प्रयोग
गल्ती मन्त्रीको थियो तर कारबाही निर्दोष अधिकृतमाथि भयो, धान खाने मुसो चोट पाउने भ्यागुतो।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
One does the scathe, and another has the scorn / The innocent scapegoat.
