नेपाली उखान
ओखलमा टाउको हालेपछि मुसलको के डर
अर्थ
कुनै साहसिक वा कठिन काममा हात हालिसकेपछि आइपर्ने कष्ट र चुनौतीसँग डराउनु हुँदैन।
प्रयोग
क्रान्तिमा होमिएपछि अब 'ओखलमा टाउको हालेपछि मुसलको के डर'।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
In for a penny, in for a pound / Cross the Rubicon.
