नेपाली उखान
घोकन्ती विद्या धावन्ती खेती
अर्थ
विद्या बारम्बार अभ्यास र घोकेर कण्ठ हुन्छ भने खेतीबाली खेतमा दौडधुप र रेखदेख गरेर मात्र सप्रन्छ।
प्रयोग
पढाइमा सफलता पाउन नियमित अभ्यास गर्नुपर्छ, घोकन्ती विद्या धावन्ती खेती भनेकै यही हो।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
Practice makes perfect / The eye of the master fattens the cattle.
