गलत लेखिएका शब्द सच्याउँदै गरेको डाँफे

प्रायः गलत लेखिने शब्द र लेख्य चिह्नहरू

कतिपय शब्दका गलत रूप यति धेरै प्रयोग हुन्छन् कि अशुद्ध रूप नै सही हो कि जस्तो लाग्न सक्छ। त्यसैले व्यापक प्रयोगमा रहेका तर मानक लेखनअनुसार सच्याउनुपर्ने शब्दहरू यहाँ कारणसहित राखिएका छन्। यो सूची नियमित रूपमा विस्तार गरिनेछ। तपाईंले पनि कुनै अशुद्ध प्रयोग भेट्नुभयो भने हामीलाई थाहा दिनुहोला।

क) पदका तहमा हुने गल्तीहरू

क्रमअशुद्ध रूपशुद्ध रूपकैफियत
अक्षरूपीअक्षरेपिअक्षरे + अपि = अक्षरेपि; अङ्कलाई अक्षरमा पनि जनाउँदा प्रयोग हुन्छ।
अत्याधिकअत्यधिकअति + अधिक = अत्यधिक।
अध्यावदिकअद्यावधिकअद्यावधि + इक = अद्यावधिक।
अनाधिकृतअनधिकृत‘ना’ होइन, ‘न’ हुन्छ।
अरुअरूअन्त्यको ‘रू’ दीर्घ हुन्छ।
असक्षमअक्षम‘सक्षम’ को विपरीतार्थी मानक रूप ‘अक्षम’ हो।
आतिथ्यताआतिथ्य‘आतिथ्य’ आफैँ भाववाचक शब्द हो।
इकाइएकाइमानक नेपाली रूप ‘एकाइ’ हो।
इमानदारिताइमानदारी‘इमानदारी’ आफैँ भाववाचक शब्द हो।
उपरोक्तउपर्युक्तमाथि उल्लेख गरिएको अर्थमा ‘उपर्युक्त’ लेखिन्छ।
उल्लेखितउल्लिखितमानक तत्सम रूप ‘उल्लिखित’ हो।
एकिनयकिनमानक आगन्तुक रूप ‘यकिन’ हो।
औचित्यताऔचित्य‘औचित्य’ आफैँ भाववाचक शब्द हो।
कार्यवाहीकारबाहीमानक नेपाली रूप ‘कारबाही’ हो।
केन्द्रिकृतकेन्द्रीकृतकेन्द्र + ईकृत = केन्द्रीकृत।
कौशलताकौशल‘कौशल’ आफैँ भाववाचक शब्द हो।
गुणस्तरीयतागुणस्तर / गुणस्तरीयअर्थअनुसार नाम वा विशेषण रोज्नुहोस्।
तत्वतत्त्व‘त्’ होइन, ‘त्त्व’ हुन्छ।
दाईदाइपुलिङ्गी शब्दको अन्त्यमा सामान्यतया ह्रस्व हुन्छ।
दिक्षितदीक्षित‘दी’ दीर्घ हुन्छ।
दिपकदीपक‘दी’ दीर्घ हुन्छ।
दुषितदूषित‘दू’ दीर्घ हुन्छ।
धैर्यताधैर्य / धीरताधीर + य = धैर्य; फेरि ‘ता’ आवश्यक पर्दैन।
निरंकुशनिरङ्कुश‘क’ अघि ‘ङ्’ आउँछ।
निरिक्षणनिरीक्षण‘री’ दीर्घ हुन्छ।
पंक्षीपक्षी / पन्छीतत्सम रूप ‘पक्षी’; तद्भव रूप ‘पन्छी’।
परिक्षापरीक्षा‘री’ दीर्घ हुन्छ।
परिषदपरिषद्अन्त्यमा हलन्त ‘द्’ हुन्छ।
पश्चातापपश्चात्तापपश्चात् + ताप = पश्चात्ताप।
पाईन्छपाइन्छ‘पाइन्छ’ मा ‘इ’ ह्रस्व हुन्छ।
पुनरावलोकनपुनरवलोकनपुनर् + अवलोकन = पुनरवलोकन।
पुनसंरचनापुनःसंरचनापुनः + संरचना।
पुनस्थापनापुनःस्थापनापुनः + स्थापना।
भाईभाइपुलिङ्गी शब्दको अन्त्यमा सामान्यतया ह्रस्व हुन्छ।
भुगोलभूगोल‘भू’ दीर्घ हुन्छ।
भुमिभूमि‘भू’ दीर्घ हुन्छ।
भुमिकाभूमिका‘भूमि’ कै ‘भू’ दीर्घ रहन्छ।
महत्वमहत्त्व‘त्’ होइन, ‘त्त्व’ हुन्छ।
मुखारविन्दुमुखारविन्दमुख + अरविन्द = मुखारविन्द।
मुद्धामुद्दापहिलो ‘द’ मा हलन्त हुन्छ।
मुल्यांकनमूल्याङ्‍कन / मूल्याङ्कन‘मू’ दीर्घ हुन्छ र ‘क’ अघि ‘ङ्’ आउँछ।
राजनैतिकराजनीतिकराजनीति + इक = राजनीतिक।
रुपरूप‘रूप’ मा दीर्घ ऊ हुन्छ।
लैंगिकलैङ्गिक‘ग’ अघि ‘ङ्’ आउँछ।
विपरितविपरीत‘री’ दीर्घ हुन्छ।
वृक्षारोपणवृक्षरोपणवृक्ष + रोपण = वृक्षरोपण।
वेभसाइटवेबसाइटअङ्ग्रेजी website को प्रचलित नेपाली रूप।
व्यवहारिकव्यावहारिकव्यवहार + इक = व्यावहारिक।
व्यहोराबेहोरायो ‘व्यवहार’ बाट बनेको शब्द होइन; मानक रूप ‘बेहोरा’ हो।
शारिरिकशारीरिकशरीर + इक = शारीरिक।
श्रीमानश्रीमान्अन्त्यमा हलन्त ‘न्’ हुन्छ।
श्रृङ्खलाशृङ्खलाप्रारम्भिक संयुक्त स्वर ‘शृ’ हो, ‘श्रृ’ होइन।
श्रृङ्गारशृङ्गारप्रारम्भिक संयुक्त स्वर ‘शृ’ हो, ‘श्रृ’ होइन।
श्रोतस्रोतमानक तत्सम रूप ‘स्रोत’ हो।
संकल्पसङ्कल्प‘क’ अघि ‘ङ्’ आउँछ।
संघर्षसङ्घर्ष‘घ’ अघि ‘ङ्’ आउँछ।
संघीयसङ्घीय‘घ’ अघि स्ववर्गीय पञ्चम वर्ण ‘ङ्’ आउँछ।
समितीसमितिअन्त्यको ‘ति’ ह्रस्व हुन्छ।
सर्भेक्षणसर्वेक्षणमानक रूप ‘सर्वेक्षण’ हो।
संसदसंसद्अन्त्यमा हलन्त ‘द्’ हुन्छ।
सामाग्रीसामग्रीमानक रूप ‘सामग्री’ हो।
सामाजीकरणसामाजिकीकरणसामाजिक + ईकरण = सामाजिकीकरण।
सौन्दर्यतासौन्दर्य / सुन्दरतासुन्दर + य = सौन्दर्य; फेरि ‘ता’ आवश्यक पर्दैन।
स्वभाविकस्वाभाविकस्वभाव + इक = स्वाभाविक।
हरुहरूबहुवचन जनाउने ‘हरू’ दीर्घ हुन्छ।

ख) पदावलीका तहमा हुने गल्तीहरू

क्रमअशुद्ध रूपशुद्ध रूपकैफियत
इमानदारिता देखाउनुइमानदारी देखाउनु‘इमानदारी’ आफैँ भाववाचक शब्द हो।
कार्यक्रमको सम्बन्धमाकार्यक्रमका सम्बन्धमा
सूचनाको आधारमासूचनाका आधारमा
उपस्थितिको बारेमाउपस्थितिका बारेमा
अपहरित भएकोअपहरण भएको‘अपहरित’ को अर्थ नै ‘अपहरण भएको’ हो।
संरक्षित गरिएकोसंरक्षण गरिएको‘संरक्षित’ को अर्थ नै ‘संरक्षण गरिएको’ हो।
प्रसारित गरिएकोप्रसारण गरिएको‘प्रसारित’ को अर्थ नै ‘प्रसारण गरिएको’ हो।
कामको लागिकामका लागि
देशको निम्तिदेशका निम्ति
१२ लाख बढी बरामद१२ लाखभन्दा बढी बरामद‘भन्दा’ नराख्दा हुनुपर्नेभन्दा बढी बरामद भएको अर्थ आउँछ।
पुल हाल्न १ अर्ब ७० करोड बढी लागतमा सम्झौतापुल हाल्न १ अर्ब ७० करोडभन्दा बढी लागतमा सम्झौता‘भन्दा’ नराख्दा हुनुपर्नेभन्दा बढी लागतमा सम्झौता भएको अर्थ आउँछ।
प्रकाशित गरिएकोप्रकाशन गरिएको‘प्रकाशित’ को अर्थ नै ‘प्रकाशन गरिएको’ हो।